#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो ।कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हजुरआमाको हत्या अभियोगमा पक्राउ

दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु