विराटनगर ।
कोरोनाका कारण एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।
अस्पतालका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११ः२२ बजेतिर ज्यान गएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छोडेको थियो ।
तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटरमा कार्यरत थिए । उनलाई गत कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।