#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काठमाडौं ।केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको छ । अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार भएको बताएका छन् ।चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।शेयर बजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । कारोबारमा साताको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको हो ।यस्तै विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ३२८ जना पुगेको छ । आज अहिलेसम्मकै धेरै अर्थात २४ घण्टामा २८ जनाको मृत्यु भएको हो ।अमेरिकाले फाइजर कम्पनीद्वारा निर्मित कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । भिडियो :

केन्द्रबिन्दु बुलेटिन : सरकारकै कारण नेपालमा ५८ प्रतिशत भ्रष्टाचार बढेको ट्रान्सफरेन्सीको प्रतिवेदन (भिडियो)

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको छ । अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार भएको बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।

शेयर बजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । कारोबारमा साताको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको हो ।

यस्तै विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ३२८ जना पुगेको छ । आज अहिलेसम्मकै धेरै अर्थात २४ घण्टामा २८ जनाको मृत्यु भएको हो ।

अमेरिकाले फाइजर कम्पनीद्वारा निर्मित कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । भिडियो :

सम्बन्धित समाचारहरु

ताजा समाचार