#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
चितवन ।पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो।शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ।रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदैछ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए।‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजी लगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ’, रेग्मीले भने, ‘उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।’ इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।रेग्मीका अनुसार शाहमा मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्। रासस

चितवन पुगेका पूर्वयुवराज पारस शाह अस्वस्थ

चितवन ।

पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ।

रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदैछ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए।

‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजी लगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ’, रेग्मीले भने, ‘उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।’ इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।

रेग्मीका अनुसार शाहमा मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्। रासस

सम्बन्धित समाचारहरु