काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागि मतदान हुदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।
जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदैछ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडि नै ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट आफूले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् ।
नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधानसहितका पूर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट शतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफूले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्ला नगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफूले मत पाउँदा समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउँदा सिङ्गो टिम नै निर्वाचीत हुनेमा ढुक्क देखिन्छन् ।
पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु शेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उमेद्वार उत्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनु पर्नेमा अधिकांश जिल्लानगर अध्यक्षहरु एकमत छन् । महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसँग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका लगायतका अधिकांस पूर्वअध्यक्षहरुले पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् ।
पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुह निकै बलियो देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मक अवस्थामा छ । बन्दसत्रमा बिहिवार चन्द्र ढकालले आफ्नो समुहले हार्ने लक्षण देखे पछि शेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथी कडा टिप्पणी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष शेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छापछि आफू अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेकाकार्यक्रमसगैं अन्यभिजनपनि प्रस्तुतगर्ने बन्दसत्रमा बताए । जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, बस्तुगत र एसोसियटबाट उमेदवार भएका सबै उमेदवारले फराकिलो मत अन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुनेछ । निर्वाचन समितिले पनि तयारी पूरा भएको जानकारी दिएको छ ।