#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
फाइल तस्बिर
काठमाडौं ।उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिबृद्धि लगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको छ । यसबाट हुने मृत्युदर पनि घटेको छ ।पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तरदरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीन जनाको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटना ३६ जनाको मृत्यु भएको थियो । त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटना सात जनाको मृत्यु भएको छ ।प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाले सेफ्टी रिपोर्ट प्रस्तुत गर्दै पछिल्ला वर्षमा हवाई दुर्घटना तथा मृत्युदर घटेको बताए ।नेपालमा हवाई दुर्घटना हुने मूख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे जहाजको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग आदि कारण रहेको विज्ञहरु बताउँछन् । दुर्गममा उडान हुने विमानस्थलमा विमान तथा हेलिकोप्टर उडानका लागि प्राधिकरणले छुट्टै सुरक्षाटोली गठन गरी एयरलाइन्ससँगको सहकार्यमा विभिन्न सुरक्षाका उपाय अवलम्बन गरेकाले हवाई दुर्घटनादर घटेको प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।त्यस्तै आइकाओ लगायत हवाई उडान सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तर दर बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा हवाई दुर्घटना दर घट्यो

फाइल तस्बिर

काठमाडौं ।

उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिबृद्धि लगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको छ । यसबाट हुने मृत्युदर पनि घटेको छ ।

पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तरदरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीन जनाको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटना ३६ जनाको मृत्यु भएको थियो । त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटना सात जनाको मृत्यु भएको छ ।

प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाले सेफ्टी रिपोर्ट प्रस्तुत गर्दै पछिल्ला वर्षमा हवाई दुर्घटना तथा मृत्युदर घटेको बताए ।

नेपालमा हवाई दुर्घटना हुने मूख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे जहाजको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग आदि कारण रहेको विज्ञहरु बताउँछन् । दुर्गममा उडान हुने विमानस्थलमा विमान तथा हेलिकोप्टर उडानका लागि प्राधिकरणले छुट्टै सुरक्षाटोली गठन गरी एयरलाइन्ससँगको सहकार्यमा विभिन्न सुरक्षाका उपाय अवलम्बन गरेकाले हवाई दुर्घटनादर घटेको प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताए ।

त्यस्तै आइकाओ लगायत हवाई उडान सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तर दर बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार