#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तर्क्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताए। प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमी कमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाए ।प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटन लगत्तै निजी आवास पुनःनिर्माण सम्बन्धी पत्र कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताए ।प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनर्निर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।विसं ०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । तेस्रो किस्ता लिन ०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नु पर्नेछ ।दोस्रो कार्यपत्र सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्बन्धमा प्रस्तुत भएको छ । कार्यपत्र प्रस्तुत गर्दै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हालसम्म भूकम्पले क्षति पुगेका आधाभन्दा बढी संरचना पुनर्निर्माण सम्पन्न भएकाले आगामी दुई वर्षमा सबै सम्पदा ठड्याइसक्ने प्रतिबद्धता जनाए।भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दा बढी सम्पदा पुनःनिर्माण भइसकेका छन् । विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, साँस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव सङ्कलन गरिनेछ ।

भूकम्पले भत्काएका ६ लाख ६ हजार ५०५ निजी आवास पुनर्निर्माण सम्पन्न

काठमाडौं ।

भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तर्क्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकार, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न विज्ञ तथा अभ्यासकर्ताबाट प्राप्त सुझावले सहयोग गर्ने बताए। प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरी अनुभव आदानप्रदान गर्ने तयारी गरेकामा कोरोना भाइरसको सङ्क्रमणका कारण केही ढिला हुने जनाइएको छ । प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतमा देखिएका कमी कमजोरी सच्याउँदै आगामी दिनमा पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाए ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कार्यपत्र तयार गरिरहेको छ । आज उद्घाटन लगत्तै निजी आवास पुनःनिर्माण सम्बन्धी पत्र कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले शहरी क्षेत्रमा कम जमिनमा बनेका घरमा बहुस्वामित्वका कारण केही समस्या आएको बताए ।

प्रवलीकरण लाभग्राही सूचीमा रहेका भूकम्पपीडितको पुनर्निर्माण सुस्त रहेको जानकारी सो अवसरमा गराइएको थियो । ग्रामीण क्षेत्रमा निजी आवास पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको प्राधिकरणले जनाएको छ ।

विसं ०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् । जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । तेस्रो किस्ता लिन ०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नु पर्नेछ ।

दोस्रो कार्यपत्र सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्बन्धमा प्रस्तुत भएको छ । कार्यपत्र प्रस्तुत गर्दै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हालसम्म भूकम्पले क्षति पुगेका आधाभन्दा बढी संरचना पुनर्निर्माण सम्पन्न भएकाले आगामी दुई वर्षमा सबै सम्पदा ठड्याइसक्ने प्रतिबद्धता जनाए।

भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्याङ्क छ । हालसम्म ५०० भन्दा बढी सम्पदा पुनःनिर्माण भइसकेका छन् । विभिन्न विषयगत अध्याय तयार गर्न प्राधिकरणका अधिकारी एवं विज्ञ संलग्न रहेका कार्यसमूह गठन गरिएको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, साँस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव सङ्कलन गरिनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार