कोरोना भाइरसबाट विश्वभरि १८ हजार ९०७ को निधन, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)

कोरोना भाइरसबाट विश्वभरि १८ हजार ९०७ को निधन, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)


जेनेभा ।
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट मंगलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९ सय ७ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संघठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ८ सय २९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १ सय २ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८ सय २० व्यक्तिले उपचार गराइरहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २ सय ८१ जनाको निधन भएको छ भने त्यहाँ ८१ हजार २ सय १८ जना संक्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त समाचारअनुसार ७३ हजार ६ सय ५० व्यक्ति उपचारपछि घर फर्किएका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण ६ हजार ८ सय २० जनाको निधन भएको छ । हाल ६९ हजार १ सय ७६ जना सङक्रमित रहेका छन् । आठ हजार ३ सय २६ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार ९ सय ३४ जनाको निधन भएको छ । हाल २४ हजार ८ सय ११ जना सङक्रमित रहेका छन् । कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा २ हजार ९ सय ९१ जनाको निधन भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण १ सय ५९ व्यक्तिको निधन भएको छ । हाल ३२ हजार ९ सय ९१ जना सङक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ७ सय ८२ जनाको निधन भएको छ । हाल ५४ हजार ८ सय ६७ जना सङक्रमित छन् भने ३ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण १ हजार १ सय जनाको निधन भएको छ । मंगलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३ सय ४ संक्रमित रहेका छन् भने ३ हजार २ सय ८१ उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १ सय २६ व्यक्तिको निधन भएको छ । नौ हजार १ सय ३७ संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारकाअनुसार तीन हजार ७ सय ३० उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १ सय २२ व्यक्तिको निधन भएको छ । नौ हजार ८ सय ७७ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस संक्रमणको कारण ४ सय २२ व्यक्तिको निधन भएको छ । आठ हजार ७७ संक्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २ सय ७६ व्यक्तिको निधन भएको छ । पाँच हजार ५ सय ६० संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण २८ व्यक्तिको निधन भएको छ । पाँच हजार २ सय ८३ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण १ सय २२ व्यक्तिको निधन भएको छ । चार हजार २ सय ५९ संक्रमित भएका छन् । यसैबीच ४ सय ६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १२ व्यक्तिको निधन भएको छ । दुई हजार ८ सय ६६ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०, पानामामा ६, अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बंगलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

बुधबारसम्म संक्रमित मात्र देशहरुका नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि रहेका छन् ।–– रासस/ एपी/ सिन्ह्वा/ एएफपी

Logo