लकडाउनमा पनि सांग्रिला बैंकले डिजिटल बैकिङ्ग सेवालाई निरन्तरता दिने

लकडाउनमा पनि सांग्रिला बैंकले डिजिटल बैकिङ्ग सेवालाई निरन्तरता दिने


काठमाडौं ।

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गइरहेकोले उक्त भाइरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेसँगै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुमा दिदै आएको सेवामा पर्न गएको असुविधा प्रति बैंकले क्षमा याचना गरेको छ ।

यो समयमा बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन पनि सम्पूर्ण ग्राहक वर्गमा बैंकले अनुरोध गरेको छ ।

वर्तमान अवस्थाले ग्राहकहरुलाई यस डेभलपमेन्ट बैंकबाट प्राप्त हुने सेवामा कठिनाई हुने तर्फ बैंक सजग रहेको र यस विषम परिस्थितिमा यस डेभलपमेन्ट बैंकका ग्राहकहरुमा आधारभुत बैकिङ्ग सेवा सम्वन्धि कुनै कठीनाई भएमा बैंकले उल्लेखित सम्पर्क नं. मा सम्पर्क गरी बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका बारेमा जानकारी लिन अनुरोध गरेको छ ।

 

Logo