#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले एक दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् । ८ घण्टे कार्यतालिकासहित काठमाडौंमा ओर्लिएका रक्षामन्त्री फेङ्हेले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता सम्पन्न गर्नका साथै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ भने, पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ ।कोरोना भाइरसको असरका कारण लामोसमयदेखि शिक्षा क्षेत्र ठप्प छ । देशभरका विद्यालयहरू बन्द रहेको अवस्था छ । सरकारले अनलाइन, रेडियो टेलिभिजनमार्फत पठन पाठन गर्न गराउन आग्रह गरे पनि त्यो उति प्रभावकारी हुन सकेको छैन । यस्तो अवस्थामा सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावक पठनपाठन गर्ने/गराउने उपयुक्त समयको पखाईमा छन् ।साताको पहिलो दिन आइतबार शेयर बजारले अर्को नयाँ रेकर्ड चुमेको छ । सूचक र कारोबार रकम दुवैले आइतबार नयाँ रेकर्ड कायम गरेका छन् । नेप्से परिसूचक इतिहासकै सबैभन्दा उच्चतम बिन्दु १ हजार ९ सय ६८ दशमलव २७ अंकमा पुगेको हो । ७५ दशमलव ०२ अंकको वृद्धिसँगै सूचक अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो । सूचक मात्रै उच्चतम बिन्दुमा पुगेको नभई कारोबार रकमले पनि इतिहास रचेको छ ।उद्योग बाणिज्य महासंघको ५४ औं साधारण सभा सम्पन्न भएसँगै महासंघले नयाँ नेतृत्य समेत चयन गरेको छ । महासंघले १९ औं कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ । जसमा महासंघको विधान अनुसार अघिल्ला वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वतः अध्यक्ष पद सम्हालेका छन् भने अन्य ६४ पदका लागि शनिबार सम्पन्न निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचित भएका छन् ।.

केन्द्रबिन्दु बुलेटिन : चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको एकदिने नेपाल भ्रमण सम्पन्न (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले एक दिने नेपाल भ्रमण सम्पन्न गरेका छन् । ८ घण्टे कार्यतालिकासहित काठमाडौंमा ओर्लिएका रक्षामन्त्री फेङ्हेले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता सम्पन्न गर्नका साथै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण एक वर्षपछि सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ भने, पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ ।

कोरोना भाइरसको असरका कारण लामोसमयदेखि शिक्षा क्षेत्र ठप्प छ । देशभरका विद्यालयहरू बन्द रहेको अवस्था छ । सरकारले अनलाइन, रेडियो टेलिभिजनमार्फत पठन पाठन गर्न गराउन आग्रह गरे पनि त्यो उति प्रभावकारी हुन सकेको छैन । यस्तो अवस्थामा सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावक पठनपाठन गर्ने/गराउने उपयुक्त समयको पखाईमा छन् ।

साताको पहिलो दिन आइतबार शेयर बजारले अर्को नयाँ रेकर्ड चुमेको छ । सूचक र कारोबार रकम दुवैले आइतबार नयाँ रेकर्ड कायम गरेका छन् । नेप्से परिसूचक इतिहासकै सबैभन्दा उच्चतम बिन्दु १ हजार ९ सय ६८ दशमलव २७ अंकमा पुगेको हो । ७५ दशमलव ०२ अंकको वृद्धिसँगै सूचक अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो । सूचक मात्रै उच्चतम बिन्दुमा पुगेको नभई कारोबार रकमले पनि इतिहास रचेको छ ।

उद्योग बाणिज्य महासंघको ५४ औं साधारण सभा सम्पन्न भएसँगै महासंघले नयाँ नेतृत्य समेत चयन गरेको छ । महासंघले १९ औं कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ । जसमा महासंघको विधान अनुसार अघिल्ला वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वतः अध्यक्ष पद सम्हालेका छन् भने अन्य ६४ पदका लागि शनिबार सम्पन्न निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचित भएका छन् ।

.

सम्बन्धित समाचारहरु