चीनबाटै सुरु भयो हान्ता भाइरस, एक जनाको मृत्यु

चीनबाटै सुरु भयो हान्ता भाइरस, एक जनाको मृत्यु


युनान ।
विश्वव्यापी टाउको दुखाईको विषय रहेको कोरोना भाइरसले यतिबेला विश्व आतंकित भइरहेका बेला चीनबाट फेरि अर्को भाइरस सुरु भएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुले जनाए अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले चीनमा एक जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्ति युनान प्रान्तका स्थायी वासिन्दा हुन् । उनको सान्डोङ प्रान्त जाने क्रममा बसमै मत्यु भएको हो।

उनको मृत्यु लगत्तै उनी चढेको बसमा रहेका अरु ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको चिकित्सकहरुले जनाएका छन् ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने बताइएको छ। यो भाइरस मुसाको पिसाब र र्‍यालबाट मानिसमा सर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।

यसका लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन्। रोगले वढी सताएपछि खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउनुका साथै यसकै कारण मानिसको ज्यान जाने पनि चिकित्सकले बताएका छन्। घरघरमा रहने मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने उपाय भएको बताइएको छ ।

Logo