#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
नयाँ दिल्ली ।भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो ।भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।रासस

भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख नाघ्यो

नयाँ दिल्ली ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार