#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काभ्रे।काभ्रे जिल्लामा आज ३५ जना संक्रमित थपिएका छन् । आज २८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९१२ जना संक्रमित छन् ।नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका १०, पाँचखालबाट ४, पनौतीबाट ५, बेथानचोकबाट ४, मण्डनदेउपुरबाट ५ र रोशीबाट १ जना रहेका छन् ।यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय १२ पुगेको छ । निको हुनेको संख्या २६ सय २ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७३ जना रहेको छ ।जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् । आज मण्डनदेउपुरका एक ७० वर्षिय पुरुषको मृत्यु भएको छ ।

कोरोनाबाट काभ्रेको मण्डनदेउपुरका एक पुरुषको मृत्यु, जिल्लामा आज ३५ संक्रमित थपिए

काभ्रे।

काभ्रे जिल्लामा आज ३५ जना संक्रमित थपिएका छन् । आज २८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९१२ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका १०, पाँचखालबाट ४, पनौतीबाट ५, बेथानचोकबाट ४, मण्डनदेउपुरबाट ५ र रोशीबाट १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय १२ पुगेको छ । निको हुनेको संख्या २६ सय २ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७३ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् । आज मण्डनदेउपुरका एक ७० वर्षिय पुरुषको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु