काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ८७ हजार ८९३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ९५९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार २७४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ९ हजार २६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ । आज १ हजार ४७४ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ । आज मात्र २९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ९३१ रहेको छ ।
आजको पिसिआर परीक्षण ९ हजार ९११ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । आज १७ हजार ४२३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।