#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार भएको चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे र राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली बीचको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्ने बारेमा छलफल भएको उल्लेख गरिएको छ ।आगामी पुस १ गतेदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुल्ला गरिने भएको छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न नपाएकाले त्यही विषयलाई मध्यनजर गर्दै बन्द गरिएको नौ महिनापछि मन्दिर खुल्ला गरिने भएको हो ।आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपालको स्थान यथावत रहेको छ । एकदिवसीय र टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपाल १६ औं र १५ औं स्थानमा रहेको उल्लेख गरिएको हो । यता, राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण मुख्य प्रशिक्षक नियुक्तिमा थप दुई हप्ता ढिलाई हुने देखिएको हो ।सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । काठमाडौंमा सोमबार भएको साक्षात्कार भेटमा भट्टराईले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरिय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि जानकारी गराएका छन् ।

केन्द्रबिन्दु बुलेटिन : चीनले दियो नेपाली सेनालाई पाँच करोड युआनको सैन्य सहयोग (भिडियोसहित)

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार भएको चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे र राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली बीचको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयका साथै दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्ने बारेमा छलफल भएको उल्लेख गरिएको छ ।

आगामी पुस १ गतेदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुल्ला गरिने भएको छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न नपाएकाले त्यही विषयलाई मध्यनजर गर्दै बन्द गरिएको नौ महिनापछि मन्दिर खुल्ला गरिने भएको हो ।

आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपालको स्थान यथावत रहेको छ । एकदिवसीय र टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपाल १६ औं र १५ औं स्थानमा रहेको उल्लेख गरिएको हो । यता, राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण मुख्य प्रशिक्षक नियुक्तिमा थप दुई हप्ता ढिलाई हुने देखिएको हो ।

सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।

नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । काठमाडौंमा सोमबार भएको साक्षात्कार भेटमा भट्टराईले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरिय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि जानकारी गराएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार