#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काभ्रे।काभ्रे जिल्लामा आज १८ जना संक्रमित थपिएका छन् । आज ३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९५१ जना संक्रमित छन् ।नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ५, बनेपाका ५, पाँचखालबाट १, पनौतीबाट २, बेथानचोकबाट २, मण्डनदेउपुरबाट १ र खानीखोलाबाट २ जना रहेका छन् ।यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय ५१ पुगेको छ । निको हुनेको संख्या २६ सय २६ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ८८ जना रहेको छ ।जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।काठमाडौं उपत्यकामा आज ५३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ८८ हजार ३०२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ९९५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ३५९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ९ हजार ५५६ पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ । आज १ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७३ रहेको छ ।आजको पिसिआर परीक्षण ८५ हजार ८३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ४६ हजार ३३० रहेको छ । आज १६ हजार ६३३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काभ्रेमा आज १८ संक्रमित थपिए, ३ जना निको भए

काभ्रे।

काभ्रे जिल्लामा आज १८ जना संक्रमित थपिएका छन् । आज ३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९५१ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ५, बनेपाका ५, पाँचखालबाट १, पनौतीबाट २, बेथानचोकबाट २, मण्डनदेउपुरबाट १ र खानीखोलाबाट २ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय ५१ पुगेको छ । निको हुनेको संख्या २६ सय २६ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ८८ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ५३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८८ हजार ३०२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ९९५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ३५९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ९ हजार ५५६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ । आज १ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७३ रहेको छ ।

आजको पिसिआर परीक्षण ८५ हजार ८३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ४६ हजार ३३० रहेको छ । आज १६ हजार ६३३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

सम्बन्धित समाचारहरु