काठमाडौं ।
गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको नयाँ गीत ‘फुटेका चुरा’ सार्वजनिक गरिएको छ।
गीतमा शब्द र संगीत प्रकाश सपुतको रहेको छ । हरेकजसो गीतलाई कथा जस्तै प्रस्तुत गर्ने सपुतले यस गीतमा पनि त्यो प्रक्रिया दोहोर्याएका छन् । गीतको म्युजिक भिडियोमा सपुतकै निर्देशन छ ।
गीतमा गम्भीर विष्टको कोरियाग्राफी छ । यस गीतको भिडियोमा नायिका नम्रता श्रेष्ठ, गायक सपुत, कविता नेपाली, अनिता चलाउने र निरज पन्थीको अभिनय छ। गीतले छोटै समयमा दर्शकको माया राम्रै पाएको छ । यो समाचार तयार पार्दा सम्म युट्युवको ट्रेन्डिङ नं. ८ मा परेको छ । भिडियो :