#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयको रस्साकस्सीपछि पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गुनासो र कुण्ठा मात्रै होइन आक्रोस मिश्रित आरोप प्रत्यारोपसहितको प्रस्ताव सचिवालय वैठकमा पेश गरेका छन् ।प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रचण्डले गत कार्तिक २९ गतेको वैठकमा १८ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनको जवाफस्वरुप प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिर १३ गते बसेको वैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरे । प्रधानमन्त्री ओलीको करिव १२ हजार शब्दको प्रस्ताव सार्वजनिक भएपछि अर्का अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको खोजी भएको छ ।आखिर प्रधानमन्त्री ओलीमाथि प्रचण्डले के कस्ता आरोपहरु लगाएका थिए त ? १. पार्टी एकताका वैचारिक–राजनैतिक आधार र भावनामाथि प्रधानमन्त्रीले प्रहार गरेको प्रचण्डको ठहर छ । तात्कालिन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का बीचको एकता, एक अर्कोका राजनैतिक कार्यदिशामा विलय वा कोही कसैमा पार्टी प्रवेशका रुपमा नभएको उनको तर्क छ ।२. पार्टीको यात्रा समाजवाद उन्मुख भएपनि प्रधानमन्त्री ओलीले कहिल्यै पनि समाजवादको कुरा नगरेको र समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि नसारेको प्रचण्डको आरोप छ । बरु दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । साथै ओलीले प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रुप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि नै प्रहार गरिरहेको प्रचण्डको बुझाइ छ ।३. पार्टी एकतापछि आलोपालो अध्यक्षता गर्ने सहमतिलाई संयुक्त अध्यक्षताका नाममा आफू कार्यकारी र एक नम्बर र अर्को अध्यक्षलाई आलंकारिक र दुई नम्बर बनाउन अड्डी कसेको प्रचण्डको आरोप छ ।४. प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना अनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहेको र संघीयता विरोधी विचार प्रकट गरेको प्रचण्डको आरोप छ ।५. त्यस्तै प्रधानमन्त्री ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरित रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।६. पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने सचिवालयको निर्णय उल्लंघन गरेको र सचिवालयका सदस्यबाट राखिएको मत लत्याएको प्रचण्डको आरोप छ ।७. प्रधानमन्त्री ओलीमाथि पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लागेको छ । यस्तै प्रधानमन्त्री ओली फुटाउ र शासन गर भन्ने मान्यतामा हिडेको प्रचण्डको आरोप छ । उनले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन गरेको, स्वेच्छाचारी किसिमले संसदको अधिवेशन समाप्त गर्ने, निर्वाचन आयोगमा नेकपा (एमाले)को नाममा अर्को दल दर्ता गर्न लगाउने र विपक्षीहरुसँग साँठगाँठ गर्नेसम्मका क्रियाकलाप गरेको प्रचण्डको ओरोप छ ।८. यस्तै कानून र राजनीतिक मर्यादा विपरीत पूर्व प्रहरी प्रमुख र आफ्नै पार्टीका सांसदहरुलाई काठमाडौंबाट महोत्तरी पठाएर अर्को पार्टीका सांसदलाई रातारात झिकाएको प्रचण्डको आरोप छ ।९. पार्टी विभाजनकारी अध्यादेशका विरुद्ध देशमा सशक्त आवाज उठेपछि पार्टीका सांसदहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेला गरेको, आफ्नो पक्षमा हस्ताक्षर गराएको, बालुवाटार जान नमान्ने वा हस्ताक्षर गर्न अस्वीकार गर्ने कतिपय सांसदहरुलाई धम्क्याएको र राज्यशक्तिको दुरुपयोग गरी घरघरमा गएर बालुवाटार ल्याउने जस्तो काम गरेको आरोप पनि प्रचण्डले लगाएका छन् ।१०. प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक बैठकमा उपस्थित नहुने तर सरकारी निवास बालुवाटारमा युवाहरुलाई बोलाएर आफ्नो समर्थनमा सडक प्रदर्शन गर्न उकास्ने गरेको प्रचण्डको बुझाइ छ ।११. यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नु पूर्व पार्टीमा कहिल्यै छलफल नगरेको आरोप पनि प्रधानमन्त्रीमाथि लागेको छ ।१२. प्रधानमन्त्री ओली सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ अग्रसर भएको प्रचण्डको ठहर छ । वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, राजश्वका दर रेट परिवर्तनलाई चुहाएको र यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको प्रचण्डको दावी छ ।१३. त्यस्तै कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनेतर्फ समयमै ठोस कार्ययोजना बनाउनेतर्फ ध्यान नदिएको आरोप पनि प्रधानमन्त्री ओलीमाथि लागेको छ ।१४. प्रधानमन्त्री ओलीले संघीय समाजवादी पार्टी, नेपाललाई विभाजित गरी संसदमा आफ्ना पक्षधरहरुको संख्या बढाउने र त्यसलाई आवश्यकता अनुसार आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको प्रचण्डको आरोप छ ।१५. यस्तै प्रधानमन्त्रीमाथि स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गरेको आरोप पनि लागेको छ ।१६. नेपालको भारतद्वारा अतिक्रमित भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा प्रकाशित गर्न पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरी दिइएको निर्देशनलाई लामो समयसम्म कार्यान्वयन नगरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । नेपालको अतिक्रमित भू–भाग समावेश गरी नेपालको नक्सा प्रकाशित गर्न संसदीय समितिहरुले दिएको निर्देशन, सांसदहरु तथा जनसमुदायबाट व्यापक रुपमा उठेको मागप्रति चासो नराखेको प्रचण्डको ठहर छ ।१७. यस्तै ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको समेत प्रचण्डको आरोप छ । पार्टीबाट गोप्य राखेर राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्ने गरी कार्यान्वयन सम्झौता गरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । यस्तैगरी भूमि सम्बन्धी कानून र आयोग, गुठी सम्बन्धी कानून, प्रेस सम्बन्धी कानून विधेयकको रुपमा ल्याउँदा पार्टीमा कुनै छलफल नगरेको प्रचण्डको आरोप छ ।१८. शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व पूरा गर्नुपर्ने पार्टीको पटक–पटकको निर्णय तथा देशको आवश्यकताप्रति प्रधानमन्त्री उदासिन देखिएको, सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न सक्ने वातावरण नबनाएको लगायतका आरोप पनि प्रधानमन्त्री ओलीमाथि लागेको छ ।१९.मन्त्रिमण्डलको पुनर्गठन गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावना विपरित एकलौटी गरेको र अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास गरेको प्रचण्डको प्रतिवेदनमा जनाएको छ ।२०. प्रधानमन्त्री ओलीमाथि लागेको अर्काे गहन आरोप भनेको देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढायो भन्ने हो । भोटर लिष्टका आधारमा प्रत्येक जिल्लामा हजारौंका संख्यामा सदस्यता वितरण गरेको तथा पार्टी फुटको आधार तयार पार्ने काममा सक्रियता देखाएको उनको आरोप छ । प्रदेश सरकारको पुनर्गठन थपघट सहमतिबाट गर्ने निर्णयविरुद्ध कर्णाली प्रदेशमा दल नेताका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यमा परोक्ष प्रोत्साहन गरेर वा त्यसलाई रोक्ने काममा अरुची देखाएर ओलीले गुटबन्दी र अराजकतालाई नै प्रोत्साहन दिने काम गरेको उनको बुझाइ छ ।२१. प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै पहिलो पटक कुटनैतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकल विपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रुपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमान माथि गम्भीर आघात पुर्याउने कार्य गरिको प्रचण्डको आरोप छ । ‘यस्तो अमर्यादित व्यवहारले उनको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ ।’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले लगाएका यी आरोपहरुको जवाफ अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दिइसकेका छन् । अध्यक्षद्वयको प्रतिवेदन अध्ययन गर्ने नेता कार्यकर्ता मात्रै होइन आम सर्वसाधारण पनि यतिबेला आश्चर्यचकित छन् । अध्यक्षद्वयको प्रस्तावमाथि आज बसेको सचिवालय वैठकमा छलफल शुरु भएको छ । यसै विषयमा छलफल गर्न बैठक भोलि पनि बस्ने भएको छ ।

यस्ता छन् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रचण्डका २१ आरोप (भिडियोसहित)

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयको रस्साकस्सीपछि पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गुनासो र कुण्ठा मात्रै होइन आक्रोस मिश्रित आरोप प्रत्यारोपसहितको प्रस्ताव सचिवालय वैठकमा पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रचण्डले गत कार्तिक २९ गतेको वैठकमा १८ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । सोही प्रतिवेदनको जवाफस्वरुप प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिर १३ गते बसेको वैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरे । प्रधानमन्त्री ओलीको करिव १२ हजार शब्दको प्रस्ताव सार्वजनिक भएपछि अर्का अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको खोजी भएको छ ।

आखिर प्रधानमन्त्री ओलीमाथि प्रचण्डले के कस्ता आरोपहरु लगाएका थिए त ?

१. पार्टी एकताका वैचारिक–राजनैतिक आधार र भावनामाथि प्रधानमन्त्रीले प्रहार गरेको प्रचण्डको ठहर छ । तात्कालिन ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र)का बीचको एकता, एक अर्कोका राजनैतिक कार्यदिशामा विलय वा कोही कसैमा पार्टी प्रवेशका रुपमा नभएको उनको तर्क छ ।

२. पार्टीको यात्रा समाजवाद उन्मुख भएपनि प्रधानमन्त्री ओलीले कहिल्यै पनि समाजवादको कुरा नगरेको र समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि नसारेको प्रचण्डको आरोप छ । बरु दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । साथै ओलीले प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रुप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि नै प्रहार गरिरहेको प्रचण्डको बुझाइ छ ।

३. पार्टी एकतापछि आलोपालो अध्यक्षता गर्ने सहमतिलाई संयुक्त अध्यक्षताका नाममा आफू कार्यकारी र एक नम्बर र अर्को अध्यक्षलाई आलंकारिक र दुई नम्बर बनाउन अड्डी कसेको प्रचण्डको आरोप छ ।

४. प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना अनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहेको र संघीयता विरोधी विचार प्रकट गरेको प्रचण्डको आरोप छ ।

५. त्यस्तै प्रधानमन्त्री ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरित रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

६. पार्टी उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने सचिवालयको निर्णय उल्लंघन गरेको र सचिवालयका सदस्यबाट राखिएको मत लत्याएको प्रचण्डको आरोप छ ।

७. प्रधानमन्त्री ओलीमाथि पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लागेको छ । यस्तै प्रधानमन्त्री ओली फुटाउ र शासन गर भन्ने मान्यतामा हिडेको प्रचण्डको आरोप छ । उनले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन गरेको, स्वेच्छाचारी किसिमले संसदको अधिवेशन समाप्त गर्ने, निर्वाचन आयोगमा नेकपा (एमाले)को नाममा अर्को दल दर्ता गर्न लगाउने र विपक्षीहरुसँग साँठगाँठ गर्नेसम्मका क्रियाकलाप गरेको प्रचण्डको ओरोप छ ।

८. यस्तै कानून र राजनीतिक मर्यादा विपरीत पूर्व प्रहरी प्रमुख र आफ्नै पार्टीका सांसदहरुलाई काठमाडौंबाट महोत्तरी पठाएर अर्को पार्टीका सांसदलाई रातारात झिकाएको प्रचण्डको आरोप छ ।

९. पार्टी विभाजनकारी अध्यादेशका विरुद्ध देशमा सशक्त आवाज उठेपछि पार्टीका सांसदहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर भेला गरेको, आफ्नो पक्षमा हस्ताक्षर गराएको, बालुवाटार जान नमान्ने वा हस्ताक्षर गर्न अस्वीकार गर्ने कतिपय सांसदहरुलाई धम्क्याएको र राज्यशक्तिको दुरुपयोग गरी घरघरमा गएर बालुवाटार ल्याउने जस्तो काम गरेको आरोप पनि प्रचण्डले लगाएका छन् ।

१०. प्रधानमन्त्री ओली स्थायी कमिटीको बैठक बैठकमा उपस्थित नहुने तर सरकारी निवास बालुवाटारमा युवाहरुलाई बोलाएर आफ्नो समर्थनमा सडक प्रदर्शन गर्न उकास्ने गरेको प्रचण्डको बुझाइ छ ।

११. यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नु पूर्व पार्टीमा कहिल्यै छलफल नगरेको आरोप पनि प्रधानमन्त्रीमाथि लागेको छ ।

१२. प्रधानमन्त्री ओली सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ अग्रसर भएको प्रचण्डको ठहर छ । वाइड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, राजश्वका दर रेट परिवर्तनलाई चुहाएको र यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको प्रचण्डको दावी छ ।

१३. त्यस्तै कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको र विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनेतर्फ समयमै ठोस कार्ययोजना बनाउनेतर्फ ध्यान नदिएको आरोप पनि प्रधानमन्त्री ओलीमाथि लागेको छ ।

१४. प्रधानमन्त्री ओलीले संघीय समाजवादी पार्टी, नेपाललाई विभाजित गरी संसदमा आफ्ना पक्षधरहरुको संख्या बढाउने र त्यसलाई आवश्यकता अनुसार आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको प्रचण्डको आरोप छ ।

१५. यस्तै प्रधानमन्त्रीमाथि स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्धाहरुलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गरेको आरोप पनि लागेको छ ।

१६. नेपालको भारतद्वारा अतिक्रमित भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा प्रकाशित गर्न पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरी दिइएको निर्देशनलाई लामो समयसम्म कार्यान्वयन नगरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । नेपालको अतिक्रमित भू–भाग समावेश गरी नेपालको नक्सा प्रकाशित गर्न संसदीय समितिहरुले दिएको निर्देशन, सांसदहरु तथा जनसमुदायबाट व्यापक रुपमा उठेको मागप्रति चासो नराखेको प्रचण्डको ठहर छ ।

१७. यस्तै ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राखेको समेत प्रचण्डको आरोप छ । पार्टीबाट गोप्य राखेर राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्ने गरी कार्यान्वयन सम्झौता गरेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । यस्तैगरी भूमि सम्बन्धी कानून र आयोग, गुठी सम्बन्धी कानून, प्रेस सम्बन्धी कानून विधेयकको रुपमा ल्याउँदा पार्टीमा कुनै छलफल नगरेको प्रचण्डको आरोप छ ।

१८. शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व पूरा गर्नुपर्ने पार्टीको पटक–पटकको निर्णय तथा देशको आवश्यकताप्रति प्रधानमन्त्री उदासिन देखिएको, सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न सक्ने वातावरण नबनाएको लगायतका आरोप पनि प्रधानमन्त्री ओलीमाथि लागेको छ ।

१९.मन्त्रिमण्डलको पुनर्गठन गर्दा सहमतिबाट गर्ने स्थायी कमिटीको निर्णयको मर्म र भावना विपरित एकलौटी गरेको र अन्य पक्षभित्र षडयन्त्रमूलक चलखेल गर्ने प्रयास गरेको प्रचण्डको प्रतिवेदनमा जनाएको छ ।

२०. प्रधानमन्त्री ओलीमाथि लागेको अर्काे गहन आरोप भनेको देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढायो भन्ने हो । भोटर लिष्टका आधारमा प्रत्येक जिल्लामा हजारौंका संख्यामा सदस्यता वितरण गरेको तथा पार्टी फुटको आधार तयार पार्ने काममा सक्रियता देखाएको उनको आरोप छ । प्रदेश सरकारको पुनर्गठन थपघट सहमतिबाट गर्ने निर्णयविरुद्ध कर्णाली प्रदेशमा दल नेताका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कार्यमा परोक्ष प्रोत्साहन गरेर वा त्यसलाई रोक्ने काममा अरुची देखाएर ओलीले गुटबन्दी र अराजकतालाई नै प्रोत्साहन दिने काम गरेको उनको बुझाइ छ ।

२१. प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै पहिलो पटक कुटनैतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकल विपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँग समकक्षीका रुपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमान माथि गम्भीर आघात पुर्याउने कार्य गरिको प्रचण्डको आरोप छ । ‘यस्तो अमर्यादित व्यवहारले उनको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ ।’ प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले लगाएका यी आरोपहरुको जवाफ अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दिइसकेका छन् । अध्यक्षद्वयको प्रतिवेदन अध्ययन गर्ने नेता कार्यकर्ता मात्रै होइन आम सर्वसाधारण पनि यतिबेला आश्चर्यचकित छन् । अध्यक्षद्वयको प्रस्तावमाथि आज बसेको सचिवालय वैठकमा छलफल शुरु भएको छ । यसै विषयमा छलफल गर्न बैठक भोलि पनि बस्ने भएको छ ।

सम्बन्धित समाचारहरु