काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि अर्थात बुधबार पुनः बस्ने गरी सम्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रस्तावमाथि औपचारिक छलफल गर्दै सुरु भएको सचिवालय वैठक पुनः बुधबार बस्ने गरि स्थगित गरिएको हो ।
नेपालमा कोरोना संक्रमितको निको हुने दर ९२ प्रतिशतभन्दा बढी देखिएको छ । जस अनुसार मंगलबार मात्र २ हजार ७३ जना कोरोना मुक्त भएका छन् भने, पछिल्लो अपडेट अनुसार १ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् । यता, काठमाडौं उपत्यकामा संक्रमितको दर बढिरहँदा काठमाडौं महानगरपालिकाले घरघरमा पुगेर स्वाव संकलन गर्ने कार्यलाई झनै तिव्रता दिएको जनाएको छ ।
कोरोना कारण लामोसमयदेखि निश्क्रिय खेलकुद क्षेत्रले विस्तारै लय लिने संकेत देखिएको छ । जस अनुसार नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष ११ गतेदेखि काठमाडौंमा सुरु गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको देखाएको छ । महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा समेत कमी आएका कारण महिला तथा बालबालिकाविरुद्धको लैंगिक हिंसा बढेको राष्ट्रसंघका अधिकारीहरू बताएका हुन् ।
नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक कार्यप्रगति सार्वजनिक गरेको छ । जसमा पिउने पानी, दाना, घ्यु/तेल र खाद्यान्न मापदण्ड बाहिर रहेका तथा त्यस्ता न्यूनस्तर र दूषित उत्पादन तथा विक्रिवितरण कसुरमा २६ वटा मुद्दा दायर गरेको विभागले जानकारी गराएको छ ।