#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।कोरोना महामारीले विगत ९ महिनादेखि सुस्ताएको सुन बजारमा मंसिर लागेसँगै चमक देखिन थालेको छ । सुनको मूल्य भने विगत ७ महिनादेखि नै उकालो लाग्दै आएको छ । तर पनि मूल्यको कुनै प्रवाह नगरि बजारमा सुनको माग ह्वातै बढेको छ ।कोरोना महामारीका कारणले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च हुँदै गएकाले नेपाली बजारमा पनि यसको प्रभावले सुन बजारको चमक गुम्दै आएको थियो । अहिले पनि कोरोना महामारी हटेको त छैन तर बजार केही सहज भने हुँदै गएको छ । बजारमा मानिसहरुको आवात जावत बढ्दै गएकाले तथा मंसिरमा बिहेको लगन सुरु भएसँगै गुम्दै गएको सुन बजारको चमक देखिन थालेको सुन व्यवसायीहरुले बताएका छन् ।कोरोना महामारीका कारण पछाडि धकेलिएका तथा यस वर्ष माघ फागुनमा पनि बिहेको लगन नभएकाले मंसिरमा नै धेरै बिहे हुने भएको छ । त्यसैले सुनको मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० देखि ४५ किलोसम्म सुनको माग रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।दैनिक सुनको माग बढ्दै गए पनि बैंकहरुमा सुन मौज्दात नभएकाले बजारमा सुनको अभाव भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । उनले बजारमा सुनको माग ह्वातै बढे पनि सरकारको कमजोरीका कारण बैंकहरु तथा व्यवसायीहरुसँग सुनको अभाव भएको बताए । उनले भने, ‘सरकारको सुनचाँदी व्यवसायमा बनाएको नितीका कारण असल व्यवसायीहरुले ग्राहकहरुको माग पूरा गर्नका लागि विभिन्न चलखेलमार्फत सुन खरिद गर्नु परेको छ ।’पछिल्लो समय कोरोना महामारी तथा सरकारले सुनको भन्सार बढाएकाले सुनको मूल्य उकालो लाग्दै आएको छ । गत साउनमा एक्कासी मूल्य बढेर १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्दै गएर ९० हजारसम्म आएको थियो । अहिले पुनः दैनिकरुपमा भाउ बढ्दै पछिल्लो एक सातामा दुई हजार ९ सय रुपैयाँले उकालो लागेको छ ।गत मंगलबारदेखि निरन्तररुपमा बढ्दै गएको सुनको मूल्य शुक्रबार अर्थात आज तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय र तेजाबी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेको छ । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।कालिगढको अभाव कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारणले नेपालमा सुनचाँदीका गहना बनाउने २ लाखभन्दा बढी कालिगढहरु भारत भएकाले गहना बनाउने कालिगढको पनि अभाव रहेको महासंघका पूर्वअध्यक्ष शाक्यले बताए ।उनका अनुसार नेपालमा २५ हजार सुनचाँदी पसलहरुमा २ लाखभन्दा बढी कालिगढहरु रहेका छन् । तर कोरोना महामारीको कारण कतिपय व्यवसायीहरुले पसल बन्द गरेका छन् । अहिले बजारमा सुनको माग बढ्दै गएको तर कालिगढ नहुँदा ग्राहकहरुको माग पूरा गर्न नसकिएको उनको भनाई छ । अहिले बजारमा ७० प्रतिशत भारतिय कालिगढ मात्रै आएको शाक्यले बताए ।व्यवसायीहरु उत्साहित कोरोना महामारीका कारण शिथिल भएको सुनचाँदी बजारमा मंसिर लागेसँगै उतार चढाव आएको छ । कोरोनाका कारणले चार महिनासम्म सुनचाँदीका पसलहरु बन्द भएका थिए । सुनचाँदीको माग महिलाहरुको विशेष पर्व तीजमा र बिहेको लगनको समयमा बढ्ने गरेको छ । विगतका वर्षहरुमा पनि बिहे तथा तीजको समयमा दैनिक ५० देखि ६० किलो सुनको माग आउने गरेको थियो ।कोरोना महामारीका कारण ९ महिलादेखि रोकिएका बिहे तथा ९ महिना अगाडि देखिको अर्डर यहि मंसिरमा नै पूरा गर्नु पर्ने भएकाले कोरोना महामारीको कुनै प्रवाह बिना देशैभर सुनको माग बढेको व्यवसायीहरुले बताएका छन् । अहिले सुनको मूल्यमा उतार चढाव आएपनि उपभोक्ताहरुको आवश्यकता भएकै कारण माग भइरेहको व्यवसायीहरुको भनाई छ । तर सुनको मूल्य पछिल्लो ८ महिनादेखि नेपालीहरुको पहुँच भन्दा बाहिर गएको छ ।

विवाहको लगनसँगै सुन बजारमा चमकः ह्वातै बढ्यो माग, बजारमा भने अभाव

काठमाडौं ।

कोरोना महामारीले विगत ९ महिनादेखि सुस्ताएको सुन बजारमा मंसिर लागेसँगै चमक देखिन थालेको छ । सुनको मूल्य भने विगत ७ महिनादेखि नै उकालो लाग्दै आएको छ । तर पनि मूल्यको कुनै प्रवाह नगरि बजारमा सुनको माग ह्वातै बढेको छ ।

कोरोना महामारीका कारणले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च हुँदै गएकाले नेपाली बजारमा पनि यसको प्रभावले सुन बजारको चमक गुम्दै आएको थियो । अहिले पनि कोरोना महामारी हटेको त छैन तर बजार केही सहज भने हुँदै गएको छ । बजारमा मानिसहरुको आवात जावत बढ्दै गएकाले तथा मंसिरमा बिहेको लगन सुरु भएसँगै गुम्दै गएको सुन बजारको चमक देखिन थालेको सुन व्यवसायीहरुले बताएका छन् ।

कोरोना महामारीका कारण पछाडि धकेलिएका तथा यस वर्ष माघ फागुनमा पनि बिहेको लगन नभएकाले मंसिरमा नै धेरै बिहे हुने भएको छ । त्यसैले सुनको मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० देखि ४५ किलोसम्म सुनको माग रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दैनिक सुनको माग बढ्दै गए पनि बैंकहरुमा सुन मौज्दात नभएकाले बजारमा सुनको अभाव भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । उनले बजारमा सुनको माग ह्वातै बढे पनि सरकारको कमजोरीका कारण बैंकहरु तथा व्यवसायीहरुसँग सुनको अभाव भएको बताए । उनले भने, ‘सरकारको सुनचाँदी व्यवसायमा बनाएको नितीका कारण असल व्यवसायीहरुले ग्राहकहरुको माग पूरा गर्नका लागि विभिन्न चलखेलमार्फत सुन खरिद गर्नु परेको छ ।’

पछिल्लो समय कोरोना महामारी तथा सरकारले सुनको भन्सार बढाएकाले सुनको मूल्य उकालो लाग्दै आएको छ । गत साउनमा एक्कासी मूल्य बढेर १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्दै गएर ९० हजारसम्म आएको थियो । अहिले पुनः दैनिकरुपमा भाउ बढ्दै पछिल्लो एक सातामा दुई हजार ९ सय रुपैयाँले उकालो लागेको छ ।

गत मंगलबारदेखि निरन्तररुपमा बढ्दै गएको सुनको मूल्य शुक्रबार अर्थात आज तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय र तेजाबी सुनको मूल्य ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेको छ । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

कालिगढको अभाव
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारणले नेपालमा सुनचाँदीका गहना बनाउने २ लाखभन्दा बढी कालिगढहरु भारत भएकाले गहना बनाउने कालिगढको पनि अभाव रहेको महासंघका पूर्वअध्यक्ष शाक्यले बताए ।

उनका अनुसार नेपालमा २५ हजार सुनचाँदी पसलहरुमा २ लाखभन्दा बढी कालिगढहरु रहेका छन् । तर कोरोना महामारीको कारण कतिपय व्यवसायीहरुले पसल बन्द गरेका छन् । अहिले बजारमा सुनको माग बढ्दै गएको तर कालिगढ नहुँदा ग्राहकहरुको माग पूरा गर्न नसकिएको उनको भनाई छ । अहिले बजारमा ७० प्रतिशत भारतिय कालिगढ मात्रै आएको शाक्यले बताए ।

व्यवसायीहरु उत्साहित
कोरोना महामारीका कारण शिथिल भएको सुनचाँदी बजारमा मंसिर लागेसँगै उतार चढाव आएको छ । कोरोनाका कारणले चार महिनासम्म सुनचाँदीका पसलहरु बन्द भएका थिए । सुनचाँदीको माग महिलाहरुको विशेष पर्व तीजमा र बिहेको लगनको समयमा बढ्ने गरेको छ । विगतका वर्षहरुमा पनि बिहे तथा तीजको समयमा दैनिक ५० देखि ६० किलो सुनको माग आउने गरेको थियो ।

कोरोना महामारीका कारण ९ महिलादेखि रोकिएका बिहे तथा ९ महिना अगाडि देखिको अर्डर यहि मंसिरमा नै पूरा गर्नु पर्ने भएकाले कोरोना महामारीको कुनै प्रवाह बिना देशैभर सुनको माग बढेको व्यवसायीहरुले बताएका छन् । अहिले सुनको मूल्यमा उतार चढाव आएपनि उपभोक्ताहरुको आवश्यकता भएकै कारण माग भइरेहको व्यवसायीहरुको भनाई छ । तर सुनको मूल्य पछिल्लो ८ महिनादेखि नेपालीहरुको पहुँच भन्दा बाहिर गएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार