काठमाडौं ।
मन मान्दैन एकै छिन छोड्नलाई
हतार भा छ सम्बन्ध जोड्नलाई
पालुवालाई गाउँतिर च्याउला भनिन्छ,
घरकाले हात दिए मायालुले साथ दिए यसपालिको लगनमा बेहुला बनिन्छ !
यी हरफ ‘बेहुला बनिन्छ’ मौलिक पञ्चेबाजा गीतमा समावेश भएका हुन् । लगनको महिनालक्षित गरेर सुरज अर्याल र रामप्रसाद बस्यालको संयुक्त प्रस्तुतिमा Baba Entertainment Tv युट्युब च्यानलमार्फत भिडियो बजारमा आएको छ।
आफ्नी प्रेमिकाले मन नफेर्दिए र घरकाले प्रेमिकासँग घरजम गर्न अनुमति दिए बेहुला बन्ने अपेक्षाकृत कथा गीतले बोकेको छ । आकर्षक शैलीमा प्रस्तुत गरिएको गीतका रचनाकार तथा सङ्गीतकार राजु थापा मगर हुन भने रामप्रसाद बस्याल र प्रतिमा अर्यालले ती सुन्दर शब्दमा जादुमयी आवाज दिएका छन् । चर्चित निर्देशक कुमार केसीले कलात्मक रूपमा गीतलाई पर्दामा उतारेका छन् ।
इन्द्र जिसीले संगीत संयोजन गरेको गीतमा सुरज अर्याल र हिरा केसीको जीवन्त अभिनय हेर्न सकिन्छ । अधिनायक शेरचनले सम्पादन गरेको भिडियो अजय रेग्मीले खिचेका हुन् भने मञ्जुश्री फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । भिडियो :