एनआईसी एशियाका नियमित सेवा यथावत रहने

एनआईसी एशियाका नियमित सेवा यथावत रहने


काठमाडौं ।
कोरोनाको सम्भावित महामारीका बीचमा पनि एनआईसी एशिया बैंकले काउण्टर नियमित संचालन गर्ने भएको छ ।

बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड, पोखरास्थित न्यूरोड र भक्तपुर (शनिबार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजेदेखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू ०७६ चैत्र १० देखि बन्द रहनेछन् ।

तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुने बैंकले जनाएको छ ।

कोरोनाको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न उचित हुन्छ । बैंकले ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरू अर्को सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी गराएको छ ।

ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बर : १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिनेछ । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

Logo