एयरलायन्सलाई भाडा घटाउन पर्यटन मन्त्रीको आग्रह

एयरलायन्सलाई भाडा घटाउन पर्यटन मन्त्रीको आग्रह


काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले एयरलायन्सलाई भाडा घटाउन आग्रह गरेका छन् । मन्त्री  भट्टराईले शनिबार एयरलायन्स व्यवसायीसँग छलफल गर्दै पछिल्लो समय भाडामा गुनासो आएकाले हवाई सेवा प्रदायक संस्थाले विषम परिस्थितिलाई ध्यानमा राख्दै भाडा घटाउन आग्रह गरेका हुन् ।

उनले आन्तरिक रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा स्लयावका हवाई भाडा हटाई सो भन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न समेत अनुरोध गरेका छन् । मन्त्री भट्टराइले न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम राख्न भनेका छन ।

त्यस्तै मन्त्रीको अनुरोधलाई वायु सेवा सञ्चालकले सकारात्मक रुपमा लिँदै तत्काल पुनर्विचार गर्ने प्रतिवद्धता जनाएका छन् । कोरोना भाइरसको प्रभावले गर्दा दुई दिनदेखि उपत्यकाबाट बाहिर जाने मानिसहरुको चाप बढेकाले एयरलायन्सले हवाइ भाडा बढाएर दोब्बर सम्म पुर्याएका थिए ।

Logo