उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार


सोल ।
उत्तर कोरियाले छोटो दुरीका दुई क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको हो ।

विश्वभरी कोरोनाको संक्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको संक्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्नु अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेका छन् । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् ।

उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४ सय ६८ जना संक्रमित भएका छन् भने ११ हजार ४ सय १७ जनाको निधन भइसकेको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ ।— रासस/एएफपी

Logo