निलडेविड्सका सलूनहरु आइतबारदेखि बन्द हुने

निलडेविड्सका सलूनहरु आइतबारदेखि बन्द हुने


काठमाडौं ।

लोकप्रिय हेयर स्टाइलिष्ट नीलडेविड कटवालले नेपालमा सञ्चालन भइरहेका आफ्ना तीन दर्जनभन्दा बढी नीलडेविड्स सलूनहरु आइतबारदेखि बन्द गर्ने निर्णय गरेका छन् ।

नीलडेविडका यस्ता सलूनहरुमा करिव तीन सय जना मेकअप आर्टिस्ट, हेयरस्टाइलिस्टसहितका कर्मचारीहरु रहेका छन् ।

‘कोरोनाको त्रासका कारण मैले आफ्ना हेयरस्टाइलिस्ट तथा कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरेको हुँ, नीलडेविडले भनेका छन् , सरकारले पनि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने घोषणा गरेको पृष्ठभूमिमा हामीले पनि यो निर्णय गरेका हौं ।’

अत्यवाश्यक सेवा सूचारु भएपछि नीलडेविड्सका सलूनहरु पुनः सञ्चालनमा आउने उनले जानकारी दिए ।

Logo