नेकपाले बोलायो आजका लागि सचिवालय बैठक

नेकपाले बोलायो आजका लागि सचिवालय बैठक


काठमाडौं ।

सत्तारुढ दल नेकपाले आज सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको छलफलपछि आजका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघि १८ फागुनमा बैठक बसेको थियो ।

मिर्गौला प्रत्यारोपण गरी बालुवाटार फर्किएका ओलीले बढाएको राजनीतिक सक्रियतापछि आज बैठक बस्न लागेको हो।

बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि उपाध्यक्ष वामदेव गौतमबारे निर्णयमा पुनर्विचार हुन सक्ने बताइएको छ । नेकपा भित्र गौतमलाई राष्ट्रियसभामा पठाउने/नपठाउने विषयमा विवाद छ। १८ फागुनको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। उक्त निर्णयमा ओलीले असहमति जनाएपछि विवाद भएको हो ।

आजका लागि बैठक बोलाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफल भएको थियो ।

Logo