कोरोना संक्रमणबाट भारतमा तीन जनाको निधन

कोरोना संक्रमणबाट भारतमा तीन जनाको निधन


मुम्बाइ ।
भारतमा नोवेल कोरोना (कोभिड १९) भाइरसका कारण तीन जनाको निधन भएको छ । मंगलबार भारतको मुम्बाईमा ६४ वर्षीय पुरुषको निधन भएसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको हो ।

स्थानीय सञ्चार माध्यमले ती व्यक्ति भर्खर दुबईको यात्राबाट फर्किएको उल्लेख गरेका छन् । भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण निधन भएको स्वास्थ्य अधिकारीले पुष्टि गरी सकेका छन् । कोरोना भाइरसको कारण संक्रमित भई निधन भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएको जनाइएको छ ।

गत बिहीबार कोरोना संक्रमित पहिलो व्यक्तिको निधन भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मंगलबार कर्नाटकमा निधन भएको थियो । यस अघि निधन भएका दुबै व्यक्ति महिला भएकाे जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको निधन भएको र संक्रमितको संख्या एक सय २५ पुगेको जनाइएको छ ।–रासस/एएफपी

Logo