कोरोनाले व्यवसायमा पारेको क्षतिको विवरण बुझाउनुस् – अर्थमन्त्री

कोरोनाले व्यवसायमा पारेको क्षतिको विवरण बुझाउनुस् – अर्थमन्त्री


काठमाडौँ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण उद्योग, व्यवसायमा परेको प्रभावका बारेमा छलफल गर्न विभिन्न व्यवसायीसँग छलफल गरेका छन् ।

अर्थ मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका व्यवसायीका छाता संगठनहरुलाई छलफलमा डाकेको थियो । व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री खतिवडाले कुन क्षेत्रमा के कति क्षति भएको छ, त्यसको विवरण बुझाउन भनेका छन् । सो कार्यक्रममा उपस्थित भएका बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने,‘अर्थमन्त्री ज्युले कुन क्षेत्रमा कति क्षति भयो, त्यसको विवरण बुझाउन भन्नु भएको छ ।’ व्यवसायीहरुले भारतले नाकाबन्दी गरेका बेला राखेका विभिन्न मागहरु जस्तै माग राखेको अध्यक्ष दाहालले बताए ।

सो छलफल विशेष गरी उद्योग र व्यवसाय क्षेत्रलाई बचाउन आवश्यक प्याकेजका विषयमा केन्द्रीत थियो । व्यवसायीले सहुलियत कर्जा दिनु पर्ने लगायतका माग राखेका थिए । उनीहरुले उद्योग तथा व्यवसायको क्षेत्रमा परेका प्रभावका विषयमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएका थिए ।

Logo