‘दैनिक १ लाख सिलिण्डर ग्यास आएको छ’ : आयल निगम

‘दैनिक १ लाख सिलिण्डर ग्यास आएको छ’ : आयल निगम


काठमाडौँ ।
नेपाल आयल निगमले दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ ।

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका छन् । यस्तो अवस्थामा निगमले सो कुरा बताएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए ।

उनले भने, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो । काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काँकडभिट्टा र धनगढीबाट पनि भित्रिने गरेको छ ।’ निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए ।

ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उनको भनाई छ । विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उनले स्वीकार गरे ।

Logo