#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
डोल्पा ।डोल्पामा पहिलो पटक पुसमा स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पुसमा स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका विभिन्न गाउँमा पुसमा स्याउ फलेपछि कृषक नै चकित छन्।बागवानी विकास केन्द्र जुफालमा समेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि हुँदा त्यसको असर फलफूलमा पर्दा पुसमा स्याउ फलेको कृषि प्राविधिक डिल्ली बोहोराले जानकारी दिए ।बोहोराले भने, नेपालमा सरदर औसत तापक्रम ०.०६ डिग्री सेल्सियसले बढी रहेको र तराईमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पुसमा फलेको हुन सक्छ । चैत, वैशाखमा फूल फुलेर साउनबाट पाक्ने स्याउ यस वर्ष पुसमा फलेको हो ।कृषकले भने पुसमा स्याउ फल्दा चिन्ता व्यक्त गरेका छन् । ‘स्याउ फार्मतर्फ आकर्षण बढ्दै गर्दा पुसमा स्याउ फलेपछि ठूलो संकट आएको हो कि भन्ने चिन्ता बढेको छ, कृषक अर्जुन बुढाले भने ।डोल्पामा हाल सय भन्दा धेरै स्याउ फार्म रहेका छन् । हरेक फार्ममा १० कजेजीसम्म स्याउ फलेको कृषकले बताएका छन् ।अन्नपूर्णबाट

जलवायु परिवर्तनको प्रभाव : डोल्पामा पुसमै फल्यो स्याउ, किसान चकित

डोल्पा ।

डोल्पामा पहिलो पटक पुसमा स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पुसमा स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका विभिन्न गाउँमा पुसमा स्याउ फलेपछि कृषक नै चकित छन्।

बागवानी विकास केन्द्र जुफालमा समेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि हुँदा त्यसको असर फलफूलमा पर्दा पुसमा स्याउ फलेको कृषि प्राविधिक डिल्ली बोहोराले जानकारी दिए ।

बोहोराले भने, नेपालमा सरदर औसत तापक्रम ०.०६ डिग्री सेल्सियसले बढी रहेको र तराईमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पुसमा फलेको हुन सक्छ । चैत, वैशाखमा फूल फुलेर साउनबाट पाक्ने स्याउ यस वर्ष पुसमा फलेको हो ।

कृषकले भने पुसमा स्याउ फल्दा चिन्ता व्यक्त गरेका छन् । ‘स्याउ फार्मतर्फ आकर्षण बढ्दै गर्दा पुसमा स्याउ फलेपछि ठूलो संकट आएको हो कि भन्ने चिन्ता बढेको छ, कृषक अर्जुन बुढाले भने ।

डोल्पामा हाल सय भन्दा धेरै स्याउ फार्म रहेका छन् । हरेक फार्ममा १० कजेजीसम्म स्याउ फलेको कृषकले बताएका छन् ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार