#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
file photo
काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज नेकपा कैलालीले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी पुगेका छन् ।उनी केहीबेर अघि धनगढी पुगेका हुन् । प्रधानमन्त्री धनगढी पुग्दा नेकपाकै प्रचण्ड नेपाल समूहले भने विरोध गरेको छ ।धनगढीमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिममा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले पनि आजको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।प्रतिनिधिसभा विघटनपछि पछिल्ला दिनहरुमा नेकपाका दुवै समूहले आआफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘दाहाल र नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ । यता ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ ।

प्रधानमन्त्री ओली धनगढी पुगे, सुरक्षा व्यवस्था कडा

file photo

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज नेकपा कैलालीले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी पुगेका छन् ।

उनी केहीबेर अघि धनगढी पुगेका हुन् । प्रधानमन्त्री धनगढी पुग्दा नेकपाकै प्रचण्ड नेपाल समूहले भने विरोध गरेको छ ।

धनगढीमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ सदूरपश्चिममा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले पनि आजको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि पछिल्ला दिनहरुमा नेकपाका दुवै समूहले आआफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । ‘दाहाल र नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ । यता ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार