#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई अबको निर्वाचनमा देशभरबाट दुई अंकको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । धनगढीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । उनले दाहाल–नेपालको नेकपा समूह भगौडा भएकाले भगौडाको पछि नलाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७, १७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा पानी ल्याउँदैछ । यस अघि असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो ।गत चैतदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय कोभिड–१९ को जोखिम घट्दो पाइएपछि माघदेखि क्रमशः खुल्ने भएका छन् । उपत्यकाका सामुदायिक तथा निजी विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोल्ने तयारी भएको हो । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् । त्यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।१२० जनामा कोरोना भाइरस देखिएपछि चीनको उत्तरी सहर सिजियाझुआङमा कडा लकडाउनको घोषणा गरिएको छ । संक्रमित संख्या बढेपछि चीनले चिनियाँ नयाँ वर्षको केही हप्ता अघि नै यस्तो कडा लकडाउन गरेको हो । यसैगरि अस्ट्रेलियाको सहर ब्रिसबेनमा पनि एक जनामा कोरोनाको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ ।

केन्द्रबिन्दु बुलेटिन : दुई अंकको सिट जितेर देखाउन प्रचण्ड-माधव समूहलाई प्रधानमन्त्रीको चुनौती (भिडियोसहित)

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई अबको निर्वाचनमा देशभरबाट दुई अंकको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । धनगढीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । उनले दाहाल–नेपालको नेकपा समूह भगौडा भएकाले भगौडाको पछि नलाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७, १७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा पानी ल्याउँदैछ । यस अघि असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो ।

गत चैतदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय कोभिड–१९ को जोखिम घट्दो पाइएपछि माघदेखि क्रमशः खुल्ने भएका छन् । उपत्यकाका सामुदायिक तथा निजी विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी खोल्ने तयारी भएको हो । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरुले सिडिओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका हुन् । त्यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।

१२० जनामा कोरोना भाइरस देखिएपछि चीनको उत्तरी सहर सिजियाझुआङमा कडा लकडाउनको घोषणा गरिएको छ । संक्रमित संख्या बढेपछि चीनले चिनियाँ नयाँ वर्षको केही हप्ता अघि नै यस्तो कडा लकडाउन गरेको हो । यसैगरि अस्ट्रेलियाको सहर ब्रिसबेनमा पनि एक जनामा कोरोनाको सङ्क्रमण भेटिएपछि तीन दिनको लकडाउन घोषणा गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार