#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन् । शुक्रबार कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए । राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गरे। कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन् ।गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनि हुन्छौं भने, चुनाव लडनु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीतिमाथि कसेका छन् । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए ।कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताए । ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिंडेको हामीले देखेका छौं । तर सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ ।’राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको बताए ।उनले भने, ‘जनताहरुमा बढी निरासा छाएको कारणपनि त्यही हो की यो प्रवृति, भ्रष्ट्राचारको प्रवृति रोकियोस् । राजनीतिमा मात्रै होइन की प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ । जनतालाई सानो काम गर्न पर्यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नु पदैन ।’देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए। ‘मैले बेलाबेलामा भन्ने पनि गर्छु की घरमा बाउ जड्याहा भयो भने छोराछोरीहरु पनि जड्याहा हुन सक्छन् । विग्रीन सक्छन् । बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन् भने छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अविभावकत्व नै विग्रिएको जस्तो लाग्छ । तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृतिलाई भनेको मैले । त्यही प्रवृतिमाथि बनाएको गीत हो ।’देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दा पनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर गरेको बताए । उनले भने, ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौं जस्तो जस्तो मान्छेले सञ्चालन गरेको छ त्यस्तै त्यस्तै भइदिएको छ । जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो ।’ कुनै पनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ ।राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताए । ‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन । त्यो प्रकृतिले दिएको हुन्छ । संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ । कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस गर्यौं । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनु हुन्छ ।’तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ । ‘चुनाव दलहरुले पनि जितेका छन् सानाहरुले पनि जितेका छन । काला व्यापारीहरुले पनि जितेका छन् । त्यस्तो प्रवृति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनु पर्ने, राष्ट्रपति हुनु पर्नेछ । मान्छेको चरित्र आचरण नबुझिकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउँने डनहरु नै हुन् । डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरुसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनु पर्छ ।’

‘४० वर्षमा पात्र फेरिए तर प्रवृति फेरिएनन्’ : हरिवंश आचार्य (भिडियाेसहित)

काठमाडौं ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन् । शुक्रबार कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए । राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी गरे। कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन् ।

गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेरभाई घने कुरो के छ भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनि हुन्छौं भने, चुनाव लडनु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीतिमाथि कसेका छन् । नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए ।

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताए । ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिंडेको हामीले देखेका छौं । तर सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ ।’

राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृति रहेका कारण जनतामा निरासा आएको बताए ।

उनले भने, ‘जनताहरुमा बढी निरासा छाएको कारणपनि त्यही हो की यो प्रवृति, भ्रष्ट्राचारको प्रवृति रोकियोस् । राजनीतिमा मात्रै होइन की प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ । जनतालाई सानो काम गर्न पर्यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नु पदैन ।’

देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए। ‘मैले बेलाबेलामा भन्ने पनि गर्छु की घरमा बाउ जड्याहा भयो भने छोराछोरीहरु पनि जड्याहा हुन सक्छन् । विग्रीन सक्छन् । बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन् भने छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अविभावकत्व नै विग्रिएको जस्तो लाग्छ । तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृतिलाई भनेको मैले । त्यही प्रवृतिमाथि बनाएको गीत हो ।’

देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दा पनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर गरेको बताए । उनले भने, ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौं जस्तो जस्तो मान्छेले सञ्चालन गरेको छ त्यस्तै त्यस्तै भइदिएको छ । जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो ।’ कुनै पनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ ।

राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताए । ‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन । त्यो प्रकृतिले दिएको हुन्छ । संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ । कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस गर्यौं । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनु हुन्छ ।’

तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ । ‘चुनाव दलहरुले पनि जितेका छन् सानाहरुले पनि जितेका छन । काला व्यापारीहरुले पनि जितेका छन् । त्यस्तो प्रवृति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनु पर्ने, राष्ट्रपति हुनु पर्नेछ । मान्छेको चरित्र आचरण नबुझिकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउँने डनहरु नै हुन् । डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरुसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनु पर्छ ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार