#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले र देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको हो । यसैक्रममा कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस वैशाखमा हुने चुनावका लागि तयार रहेको बताएका छन् ।बागमती नदी सफाई महाअभियानको शनिबार ४ सय हप्ता पूरा भएको छ । यो अवसरमा शनिबार फोहोरमैला व्यवस्थापन संघले विशेष कार्यक्रमको आयोजना गरी नदी सफाई अभियानलाई झनै प्रभावकारी ढंगले लैजानु पर्ने उल्लेख गरेको छ । विभिन्न सफाई अभियान्ता तथा पेशाकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रले मात्र नभएर अब, राज्यले फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । । नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । यस्तै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताएका छन् ।शनिबार काठमाडौंमा नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको छ । वर्तमान राजनीतिमा ओलीको कदमको समर्थनमा युवाहरूले उक्त जुलुस निकालेका हुन् । जुलुसमा मैथिली भाषामा ‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो । यस्तै सोही जुलुसको शभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएको, राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रमाथि खिल्ली उडाएको भन्दै उनको ट्विटर एकान्ट सधैंका लागि बन्द गिरिएको छ । ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको ट्विटर कम्पनीले जनाएको हो ।

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै प्रदेशसभामा कांग्रेसको विरोधसभा (भिडियोसहित)

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले र देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा आयोजना गरेको हो । यसैक्रममा कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस वैशाखमा हुने चुनावका लागि तयार रहेको बताएका छन् ।

बागमती नदी सफाई महाअभियानको शनिबार ४ सय हप्ता पूरा भएको छ । यो अवसरमा शनिबार फोहोरमैला व्यवस्थापन संघले विशेष कार्यक्रमको आयोजना गरी नदी सफाई अभियानलाई झनै प्रभावकारी ढंगले लैजानु पर्ने उल्लेख गरेको छ । विभिन्न सफाई अभियान्ता तथा पेशाकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नीजि क्षेत्रले मात्र नभएर अब, राज्यले फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । । नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । यस्तै उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको छ । वर्तमान राजनीतिमा ओलीको कदमको समर्थनमा युवाहरूले उक्त जुलुस निकालेका हुन् । जुलुसमा मैथिली भाषामा ‘धोती कुर्था गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो । यस्तै सोही जुलुसको शभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा भड्काएको, राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रमाथि खिल्ली उडाएको भन्दै उनको ट्विटर एकान्ट सधैंका लागि बन्द गिरिएको छ । ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको ट्विटर कम्पनीले जनाएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार