#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि विस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए ।कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपी सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उनको भनाई छ ।अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताए। जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उनले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गरे । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनु पर्ने उनको भनाई छ ।विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताए । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्नेमा आशंका गरिरहेका छन् ।देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारीरुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।

काठमाडौं महानगरपालिकामा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय खोल्ने तयारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।

कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि विस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपी सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उनको भनाई छ ।

अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताए। जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उनले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गरे । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनु पर्ने उनको भनाई छ ।

विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताए । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्नेमा आशंका गरिरहेका छन् ।

देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारीरुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार