#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यस वर्षको बृहत १४ औं शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म सञ्चालन गर्दैछ ।विगतमा वर्षमा राजधानीको भृकुटीमण्डमा आयोजना हुँदै आएको मेला यसपटक भने अनलाइनमार्फत हुनेछ । कोरोना भाइरसको महामारीका कारण भौतिकरुपमा उपस्थित हुने अवस्था नभएपछि इक्यानले अनलाइनबाटै बृहत शैक्षिक मेला आयोजना गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।मेलामा १०० भन्दा बढी नेपालमा सञ्चालनमा रहेको इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था सहभागी रहनेछन् भने विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि पनि सहभागी हुने इक्यानले जानकारी दिएको छ । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन सक्नेछन् ।अनलाइन मेलामा विद्यार्थीहरुले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्नेछन् । मेलाको व्यवस्थापन वन अप प्रालिले गर्ने भएको छ ।विगतमा मेला भौतिकरुपमा हुने भएकाले मेला लागेकै स्थानसम्म पुग्नु पर्ने बाध्यता यसपटक त्यो बाध्यता छैन । मेलामा सहभागी हुनेहरु जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन र आफ्नो जिज्ञाशा मेटाउन सक्नेछन् ।यसपटकको मेलामा नेपालभर सञ्चालनमा रहेको इक्यानका सदस्य रहेका शैक्षिक परामर्श दातृ संस्थाहरुको सहभागीता रहने भएकाले विद्यार्थीहरुले आफ्नो जिल्ला वा प्रदेशमा रहेको कन्सलटेन्सीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।कसरी हुने सहभागी ?विगतका दिनमा भौतिकरुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटप लगायतका ग्याजेटबाट प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल www.ecanfair.com मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् । मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् । 

बृहत इक्यान शैक्षिक मेला माघ २ गतेदेखि, अनलाइनमा कसरी हुने सहभागी ?

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यस वर्षको बृहत १४ औं शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म सञ्चालन गर्दैछ ।

विगतमा वर्षमा राजधानीको भृकुटीमण्डमा आयोजना हुँदै आएको मेला यसपटक भने अनलाइनमार्फत हुनेछ । कोरोना भाइरसको महामारीका कारण भौतिकरुपमा उपस्थित हुने अवस्था नभएपछि इक्यानले अनलाइनबाटै बृहत शैक्षिक मेला आयोजना गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

मेलामा १०० भन्दा बढी नेपालमा सञ्चालनमा रहेको इक्यानका सदस्य शैक्षिक परामर्श दातृ संस्था सहभागी रहनेछन् भने विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधि पनि सहभागी हुने इक्यानले जानकारी दिएको छ । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विदेशी विश्वविद्यालय तथा कलेजमा हुने उच्च शिक्षाबारे सम्पूर्ण जानकारी घरमै बसेर लिन सक्नेछन् ।

अनलाइन मेलामा विद्यार्थीहरुले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धि कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्नेछन् । मेलाको व्यवस्थापन वन अप प्रालिले गर्ने भएको छ ।

विगतमा मेला भौतिकरुपमा हुने भएकाले मेला लागेकै स्थानसम्म पुग्नु पर्ने बाध्यता यसपटक त्यो बाध्यता छैन । मेलामा सहभागी हुनेहरु जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन र आफ्नो जिज्ञाशा मेटाउन सक्नेछन् ।

यसपटकको मेलामा नेपालभर सञ्चालनमा रहेको इक्यानका सदस्य रहेका शैक्षिक परामर्श दातृ संस्थाहरुको सहभागीता रहने भएकाले विद्यार्थीहरुले आफ्नो जिल्ला वा प्रदेशमा रहेको कन्सलटेन्सीका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् ।

कसरी हुने सहभागी ?

विगतका दिनमा भौतिकरुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटप लगायतका ग्याजेटबाट प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।

कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल www.ecanfair.com मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् । मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार