संसारकै सबैभन्दा डरलाग्दो बिरालो

संसारकै सबैभन्दा डरलाग्दो बिरालो


काठमाडौं ।

दुनियाँमा धेरै बिरालोहरु छन् । तर संसारकै एउटा यस्तो डरलाग्दो बिरालो छ । जसको नाम जेर्दन राखिएको छ । ६ वर्षको जेर्दन स्विजरल्याण्डको रुटीमा बस्छन् । सोसियल मिडियाहरुमा यस बिरालो निकै चर्चित छ । जेर्दनको शरीरमा एउटा पनि रौं छैन । एक बिरामीबाट ग्रसित भएको कारण सबै रौं झर्नुका साथै शरीरमा मुजा परेको छ ।

रौं नभएको र शरीरको मुजाले गर्दा यो बिरालो डरलाग्दो र अनौठो देखिन्छ । यस बिरालोलाई सान्द्रा फिलिप नामकी एक महिलाले पालेकी हुन् । ४७ वर्षिया सान्द्राका अनुसार जेर्दन संसारकै सबैभन्दा क्यूट बिरालो हो । तर, मानिसहरु जेर्दनलाई एलियनको नामले बोलाउँछन् । त्यस्तो सुन्दा उनलाई धेरै रिस उठ्ने गरेको जेर्दनले बताएकी छिन् ।

यो धेरै ज्ञानी र स्वीट बिरालो हो । ६ बर्षको जेर्दन इन्स्टाग्राममा चर्चित छिन् । जसमा उसको २२ हजार भन्दा धेरै फ्लोअर्स छन् ।

Logo