हाल फिल्म युनिट गीतको छायांकनको लागि हिमाली भेगमा पुगेका छन् । "/>

प्रदिपको जन्मदिन शुटिङ सेटमै

प्रदिपको जन्मदिन शुटिङ सेटमै


युवास्टार नायक प्रदिप खड्काले आफ्नो जन्मदिन मनाएका छन् । फागुन २८ गते ‘प्रेम गीत ३’को शुटिङ सेटमा उनले आफ्नो २९ औँ जन्मदिन मनाएका हुन् ।

हाल फिल्म युनिट गीतको छायांकनको लागि हिमाली भेगमा पुगेका छन् । उनको जन्मोत्सवमा फिल्मकी नायिका क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतन गुरुङ, मनिष राउत लगायत उपस्थित थिए ।

चार बर्षअघि रिलिज भएको चलचित्र ‘प्रेमगीत’ बाट निकै चर्चामा आएका प्रदिप पछिल्लो समयका निकै ब्यस्त, महंगा र रोजिएका नायकमा पर्छन् । प्रदिपको क्रेज अहिलेका युवायुवतीमा धेरै पाईएको छ । नायिकाहरु पनि प्रदिपसंग फिल्म खेल्न रुचाउने गर्छन् ।

हाल प्रदिप ‘प्रेम गीत ३’ को तयारीमा छन् । यो फिल्मको गीत र टिजर सार्वजनिक भइसकेको छ । जसलाई दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । यो चलचित्र २०२० को बहुप्रतिक्षित चलचित्रमध्येको एक हो ।

Logo