काठमाडौं ।
आज बिहान दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको हो ।
केन्द्रका अनुसार भूकम्पको धक्का भारतका केही क्षेत्रमा समेत महसूस गरिएको थियो ।
सोमबार काठमाडौंको कुलेश्वर केन्द्र भएर पनि ३.२ रेक्टरको भूकम्प गएको थियो ।