#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको छ ।विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको हो । सो सम्बन्धी रिट आज खारेज भएको हो ।नयाँ प्रारूप अनुसार पाठ्यक्रम बनाएर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो । लामो समयदेखि रिटमा निर्णय नहुँदा लाखौं विद्यार्थी र अभिभावक अन्यौलमा परेका थिए । अहिले कक्षा १ र ११ मा देशभर राष्ट्रिय प्रारूप अनुसार नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ ।यस अघि विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको अधिकार रहेको दाबी भन्दै भगवता अर्यालसमेतको निवेदनमा सर्वोच्चमा रिट दायर भएको थियो ।त्यसपछि कक्षा ११ मा अधिकांश विद्यालयले नयाँ पाठ्यक्रम अनुसार पढाइ संचालन गरे पनि केही विद्यालयले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिएका थिए ।दायर भएको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अब नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

अब कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाइ हुने

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नका लागि बाटो सहज भएको हो । सो सम्बन्धी रिट आज खारेज भएको हो ।

नयाँ प्रारूप अनुसार पाठ्यक्रम बनाएर कार्यान्वयनमा गएको आठ महिनापछि अदालतमा रिट परेको थियो । लामो समयदेखि रिटमा निर्णय नहुँदा लाखौं विद्यार्थी र अभिभावक अन्यौलमा परेका थिए । अहिले कक्षा १ र ११ मा देशभर राष्ट्रिय प्रारूप अनुसार नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ ।

यस अघि विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको अधिकार रहेको दाबी भन्दै भगवता अर्यालसमेतको निवेदनमा सर्वोच्चमा रिट दायर भएको थियो ।

त्यसपछि कक्षा ११ मा अधिकांश विद्यालयले नयाँ पाठ्यक्रम अनुसार पढाइ संचालन गरे पनि केही विद्यालयले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिएका थिए ।

दायर भएको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अब नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार