#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेकपाको असन्तुष्ट पक्ष प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन्। उनले सोमबार निर्वाचन आयोगमा भएका कुराकानीका आधारमा नेकपा र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दावी गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद पनि छाडिसकेको आरोप लगाए ।एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा सम्पन्न भएको छ । वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमा १० विधामा प्रदान गरिएको अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड प्रधान गरिएको हो ।मौसम प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेका छन् । बाक्लो हुस्सुका कारण सोमबार र आज अर्थात मंगलबार तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित हुँदा हवाई यात्रीले सास्ती व्यहोर्नु परेको छ ।सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । रिट खारेजीसँगै अब, यस वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुनेछ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ । ट्रम्पबाट प्रजातन्त्र र संविधानका निम्ति तत्काल खतरा रहेको भन्दै पदबाट हटाउन लागिएको हो । ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको उल्लेख गरिएको छ ।

केन्द्रबिन्दु बुलेटिन : नेकपा र सूर्य चिन्ह आफ्नै हुने प्रचण्डको दाबी (भिडियोसहित)

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको नेकपाको असन्तुष्ट पक्ष प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन्। उनले सोमबार निर्वाचन आयोगमा भएका कुराकानीका आधारमा नेकपा र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दावी गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद पनि छाडिसकेको आरोप लगाए ।

एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा सम्पन्न भएको छ । वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमा १० विधामा प्रदान गरिएको अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड प्रधान गरिएको हो ।

मौसम प्रतिकुलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित बनेका छन् । बाक्लो हुस्सुका कारण सोमबार र आज अर्थात मंगलबार तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित हुँदा हवाई यात्रीले सास्ती व्यहोर्नु परेको छ ।

सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । रिट खारेजीसँगै अब, यस वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको छ । ट्रम्पबाट प्रजातन्त्र र संविधानका निम्ति तत्काल खतरा रहेको भन्दै पदबाट हटाउन लागिएको हो । ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार