#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा सम्पन्न भएको छ । वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा प्रदान गरिएको अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो ।जस अन्तर्गत पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् भने करातेका मन्डेकाजी श्रेष्ठले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड हात पारिन् भने, मन्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।यस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङ उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भए । सुवास तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन् । यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ बाट सम्मानित भएका छन् ।यसैगरि दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मानित गरिएको छ । विगत दश वर्षमा पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका दिगमसिंह पारा क्रिकेट टोलीका कप्तान समेत हुन् । एथलेटिक्सतर्फ सार्कको १३ औँ संस्करणमा दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन् भने राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस स्पोर्ट्स अवार्ड २०७६ हात पारेकी छिन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दैै अवार्ड हात पारेकी हुन् ।यता पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाह ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् भने मलेसियाका खेल पत्रकार अहमद खवारी इशा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । यस टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिनापछि धकेलिएको थियो । यस वर्ष अवार्डका मुख्य विधाहरुमा मनोनयनमा पर्नेहरुमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेताहरुको बर्चश्व रहेको थियो । वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पल्सर स्पोर्टस अवार्ड : पुरुषतर्फ मन्डेकाजी र महिलातर्फ गौरिका वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण आज ललितपुरमा सम्पन्न भएको छ । वर्ष २०७६ भरि गरेको प्रदर्शनका आधारमामा १० विधामा प्रदान गरिएको अवार्डमा वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथ्लिट सम्मान, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो ।

जस अन्तर्गत पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् भने करातेका मन्डेकाजी श्रेष्ठले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड हात पारिन् भने, मन्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

यस्तै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङ उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भए । सुवास तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन् । यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ बाट सम्मानित भएका छन् ।

यसैगरि दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मानित गरिएको छ । विगत दश वर्षमा पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका दिगमसिंह पारा क्रिकेट टोलीका कप्तान समेत हुन् । एथलेटिक्सतर्फ सार्कको १३ औँ संस्करणमा दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन् भने राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइस स्पोर्ट्स अवार्ड २०७६ हात पारेकी छिन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दैै अवार्ड हात पारेकी हुन् ।

यता पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाह ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् भने मलेसियाका खेल पत्रकार अहमद खवारी इशा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । यस टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

हरेक वर्षको विश्व खेलकुद पत्रकार दिवस, जुलाइ २ मा आयोजना हुँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष ६ महिनापछि धकेलिएको थियो । यस वर्ष अवार्डका मुख्य विधाहरुमा मनोनयनमा पर्नेहरुमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेताहरुको बर्चश्व रहेको थियो । वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार