#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् भन्दै दावी गरेका थिए । यदि त्यसो नभए देशमा आँधीहुरी चल्ने प्रचण्डको भनाई थियो ।प्रचण्डले सोमबार मात्रै आफूसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधान अनुसार पनि नेकपा र सूर्य चिन्ह आफूहरुकै हुनेमा विश्वस्त रहेको बताए । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफूले अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । प्रधानमन्त्री ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओलीनै भएको आरोप समेत लगाए । ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए । नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको दावी समेत गरे ।

नेकपा र सूर्य चिन्ह आफूहरुकाे नभए देशमा आँधीहुरी चल्ने प्रचण्डकाे धम्की

काठमाडौं ।

नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफूहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् भन्दै दावी गरेका थिए । यदि त्यसो नभए देशमा आँधीहुरी चल्ने प्रचण्डको भनाई थियो ।

प्रचण्डले सोमबार मात्रै आफूसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधान अनुसार पनि नेकपा र सूर्य चिन्ह आफूहरुकै हुनेमा विश्वस्त रहेको बताए । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए ।

केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफूले अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । प्रधानमन्त्री ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओलीनै भएको आरोप समेत लगाए । ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए । नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधिपद्दति र सिद्धान्तका लागि भएको दावी समेत गरे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार