#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
बागलुङ ।मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए। घटनामा सहचालक सकुशल भेटिएका थिए ।मङ्गलबार नै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।रासस

बागलुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बागलुङ ।

मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो ।

घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताए। घटनामा सहचालक सकुशल भेटिएका थिए ।

मङ्गलबार नै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनको झोला, मोवाइल लगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार