#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरेका हुन् । ओलीसँगको लडाईं पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफूहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए। पार्टीको बहुमत आफूहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे ।आफ्नो पार्टीमा आउनेहरुको उचित मुल्यांकन र सम्मान गरिने उनको भनाई छ । उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफूहरु नै हुने दाबी गरे । सूर्य चिन्ह आफूहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आव्हान गरे।प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुर्याउने चाहाना रहेको अध्यक्ष नेपालको भनाई छ । बैशाखमा निर्वाचन नहुने उनले बताए । प्रतिनिधिसभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए । आफूहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कम्युनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाए। नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उनको भनाई छ । ओलीले मदन भण्डारी फाउन्डेशनमार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उनले बताए। पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाई छ । एकिकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकर्तालाई संगठित नगराइएको उनले बताए ।अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनु पर्ने जिम्मेवारी रहेको बताए। संगठित गराएर पार्टीलाई धारिलो र गतिशिल बनाउन उनले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराए । साथै प्रतिनिधिसभा विघटनको विरुद्धमा दृढता साथ उभिनु पर्ने उनको भनाई छ । आफूहरुको संघर्षले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका राजनीतिक उपलब्धीको रक्षा गर्न सक्नुपर्ने उनले बताए ।अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाएका छन् । उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे । प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उनी विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उनले बताए ।

ओलीको पार्टी सडकको धुलोमा परिणत हुने माधव नेपालको दाबी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आव्हान गरेका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी मुल पार्टी भएकाले प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्तालाई यसैमा गोलबद्ध हुन आग्रह गरेका हुन् । ओलीसँगको लडाईं पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको भन्दै उनले आफूहरु पार्टीमा परिपाटी स्थापित गर्न लडेको बताए। पार्टीको बहुमत आफूहरुसँग भएको तथा ओलीलाई अनुशासनको कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले ओलीसँग असल कार्यकता अन्त्यन्तै कम रहेको दाबी गरे ।

आफ्नो पार्टीमा आउनेहरुको उचित मुल्यांकन र सम्मान गरिने उनको भनाई छ । उनले कतिपय कार्यकर्ताले पार्टीको आधिकारिकता प्रतिक्षा गरिरहेको भन्दै आधिकारिक पार्टी आफूहरु नै हुने दाबी गरे । सूर्य चिन्ह आफूहरुले नेतृत्व गरेको नेकपासँगै हुने भन्दै उनले भ्रममा नपरी आफ्नो पार्टीमा लाग्न आव्हान गरे।

प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुर्याउने चाहाना रहेको अध्यक्ष नेपालको भनाई छ । बैशाखमा निर्वाचन नहुने उनले बताए । प्रतिनिधिसभा विघटनको कदम विरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए । आफूहरु पद प्राप्तिको लागि नभई नागरिक जिम्मेवारी र कम्युनिष्ट कर्तव्य निर्वाह गर्नको निम्ति संघर्षको मैदानमा उत्रिएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाए। नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उनको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उनको भनाई छ । ओलीले मदन भण्डारी फाउन्डेशनमार्फत पार्टीमा समानान्तर गतिविधि विगतदेखि नै निरन्तर चलाइरहेको र नयाँ पार्टी बनाउने अभ्यास पहिलेदेखि नै शुरु गरेको उनले बताए। पार्टीलाई विधिमा चलाएर नेपाली राजनीतिको बलियो खम्बाको रुपमा पार्टीलाई स्थापित गराउँ भन्ने आफूहरुको प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाई छ । एकिकरणको यस अवधिमा पार्टी विचारको आधारमा नचलेको, नेता कार्यकर्तालाई संगठित नगराइएको उनले बताए ।

अध्यक्ष नेपालले ओलीले पार्टी चोइट्याउन लागेको भन्दै भ्रमको पछि लागेर उता लाग्नेहरुलाई बुझाउनु पर्ने जिम्मेवारी रहेको बताए। संगठित गराएर पार्टीलाई धारिलो र गतिशिल बनाउन उनले पार्टी नेता कार्यकर्तालाई ध्यानाकर्षण गराए । साथै प्रतिनिधिसभा विघटनको विरुद्धमा दृढता साथ उभिनु पर्ने उनको भनाई छ । आफूहरुको संघर्षले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका राजनीतिक उपलब्धीको रक्षा गर्न सक्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक योगदानको सम्बन्धमा प्रश्न पनि उठाएका छन् । उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापादेखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे । प्रधानमन्त्री ओलीसँग सिर्जनात्मकता नभएको र उनी विघटनको प्रतिकको रुपमा रहेको अध्यक्ष नेपालको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीमा सधै बेइमानी र जालझेल गरेको उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार