#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएकी छिन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समुहको काठमाडौ भेलालाई सम्बोधन गर्दै बागमती प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाइन् ।उनले भनिन् “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नु भयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो ।”उनले केन्द्रीय कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरिन् । उनले केपी ओली कम्युनिष्ट आन्दोलन सक्याउने दिशामा अघि बढेको आरोप लगाइन् । काठमाडौंवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाडौंबासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिइन् ।

‘ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढे’ : अष्टलक्ष्मी शाक्य

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएकी छिन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समुहको काठमाडौ भेलालाई सम्बोधन गर्दै बागमती प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तानाशाही र स्वेच्छाचारी भएको आरोप लगाइन् ।

उनले भनिन् “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नु भयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो ।”

उनले केन्द्रीय कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरिन् । उनले केपी ओली कम्युनिष्ट आन्दोलन सक्याउने दिशामा अघि बढेको आरोप लगाइन् । काठमाडौंवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाडौंबासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार