#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनासम्ममा देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोड बचत भएको छ भने चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ ।चालु आर्थिक चौथो महिनामा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधनान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो ।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्चदरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासँगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैंयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।चालु आर्थिक वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने वैदेशिक लगानीमा ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

शोधनान्तर स्थिती : चालु खाता २१ अर्ब ३२ करोडले घाटामा

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर महिनासम्ममा देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोड बचत भएको छ भने चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक चौथो महिनामा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो । अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधनान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्चदरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासँगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपैंयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने वैदेशिक लगानीमा ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार