काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा बुधबार जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधान अनुसार विवरण पठाउन पत्राचार गरेको थियो । सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका छन् ।
बुधबार पनि प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दा संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो । बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए ।
भारतीय टेलिभिजन च्यानल जी न्युजले प्रसारण गरेको भ्रमपूर्ण समाचारप्रति नेपालमा चासो र आलोचना बढेको छ । अझ प्रधानमन्त्रीको अन्तर्वार्ता प्रसारण गरेको भोलिपल्टै यस्तो समाचार प्रसारण हुनुले यस विषयमा थप जिज्ञासा चुलिएकोछ भने सामाजिक सञ्जालमा तिव्र आलोचना सुरु भएको छ । विभिन्न दलका नेता तथा सर्वसाधारणले यसप्रति आपत्ति जनाएका छन् भने कतिपयले यसको जिम्मेवार प्रधानमन्त्रीको कार्यालय नै रहेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफैले पाउने दाबी गरेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा प्रतिनिधिसभा विघटन गरेको संगीन आरोप पनि लगाएका छन् । यता, अर्का अध्यक्ष माधवकुमार नेपालले बैशाखमा निर्वाचन नहुने ठोकुवा गरेका छन् ।
ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् । ९ सय १९ रेटिङ् सहित विलियम्सन शीर्ष स्थानमा छन् भने ९ सय रेटिङ् प्राप्त गरेका स्मिथ विराट कोहलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन् ।