#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । पर्वतमा आयोजित एक सभालाई संवोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेस जनताको मतमा विश्वास गर्ने बताए । उनले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकाले त्यसतर्फ कुनै पनि दवाव सृजना नगर्ने पनि दोहार्याएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू निकट स्थायी कमिटीका नेताहरूलाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।आज माघ १ गते अर्थात माघी पर्वको दिन, यो पर्व देशभर भव्यताका साथ मनाइएको छ । आजको दिनलाई थारु जातीले भने आफ्नो नयाँ वर्षको रुपमा समेत मनाउने गरेको छ । काठमाडौं लगायत देशभर भव्यताका साथ मनाई यस पर्वमा, तरुल, चाकु, चिचर अर्थात् (भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरुलाई विशेष मान्ने गरिन्छ ।गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेसँगै नेपालका राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवीहरुको विरोधका कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरुले प्रधानमन्त्री ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको र संसद पुनस्थापनका प्रसस्त आधारहरू रहेको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ । जसका लगि सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ ।

केन्द्रबिन्दु बुलेटिन : वैशाखमा चुनाव हुनेमा कांग्रेस सभापति देउवाको आशंका (भिडियोसहित)

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । पर्वतमा आयोजित एक सभालाई संवोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेस जनताको मतमा विश्वास गर्ने बताए । उनले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकाले त्यसतर्फ कुनै पनि दवाव सृजना नगर्ने पनि दोहार्याएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू निकट स्थायी कमिटीका नेताहरूलाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

आज माघ १ गते अर्थात माघी पर्वको दिन, यो पर्व देशभर भव्यताका साथ मनाइएको छ । आजको दिनलाई थारु जातीले भने आफ्नो नयाँ वर्षको रुपमा समेत मनाउने गरेको छ । काठमाडौं लगायत देशभर भव्यताका साथ मनाई यस पर्वमा, तरुल, चाकु, चिचर अर्थात् (भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरुलाई विशेष मान्ने गरिन्छ ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेसँगै नेपालका राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवीहरुको विरोधका कार्यक्रम गर्दै आएका छन् । यसैक्रममा बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरुले प्रधानमन्त्री ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको र संसद पुनस्थापनका प्रसस्त आधारहरू रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको महाभियोग प्रस्ताव २३२ भोटसहित पारित भएको हो । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार) बाट सुरु हुँदैछ । दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ । जसका लगि सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार