#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।कमलपोखरी पुनर्निर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासोपछि काठमाडौँ महानगरपालिकाले पोखरीको संरचना बनाउन लागेको छ ।कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई बिगार्ने किसिमबाट ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको थियो । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको बताउँदै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर रहेको अडान लिएको छ ।कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिँदै आएको छ । छठ पुजा गर्न पोखरीको चारैतर्फ घाट निर्माण गर्न केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमीन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाई छ ।पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उनले जानकारी दिए । उनका अनुसार करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुनेछ । महानगरले आगामी बैशाखसम्ममा सो पोखरी सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखेको छ ।

स्वरुप फेर्दैछ कमलपोखरीले (भिडियोसहित)

काठमाडौं ।

कमलपोखरी पुनर्निर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासोपछि काठमाडौँ महानगरपालिकाले पोखरीको संरचना बनाउन लागेको छ ।

कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई बिगार्ने किसिमबाट ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको थियो । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको बताउँदै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर रहेको अडान लिएको छ ।

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिँदै आएको छ । छठ पुजा गर्न पोखरीको चारैतर्फ घाट निर्माण गर्न केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमीन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाई छ ।

पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उनले जानकारी दिए । उनका अनुसार करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुनेछ । महानगरले आगामी बैशाखसम्ममा सो पोखरी सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार